+
+

कांग्रेस बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते २०:१५

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल भएको छ ।

बुधबार खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए । छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताए ।

तर बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बुधबारको बैठक सकिएको हो । बुधबारको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका स्रोतको दाबी छ । यद्यपि बिहीबार यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?