+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १८:०२

काठमाडौं । कनेक्ट आईपीएसले आफ्ना प्रयोगकर्ताहरुका लागि ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गरेमा रिफर गर्नेले आफ्नो बैंक खतामा र पाउनेले मोबाइल टप–अप अन्तर्गत २५/२५ रुपैयाँ पाउने छन् । अफरको फाइदा लिन रिफररले रिफरल कोड उपलब्ध गराउनु पर्नेहुन्छ । यो अफर १ जेठदेखि ३१ असारसम्म लागु हुने छ ।

रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी एक पटक आफ्नो मोबाइल नम्बर र इमेल आईडी भेरीफाई गरे पश्चात रिफररले आफ्नो बैंक खतामा र रिफरीले मोबाइल टप–अपमा २५/२५ रूपैयाँ प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम भएको कनेक्ट आईपीएसले जनाएको छ ।

कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिने कनेक्ट आईपीएसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?