+
+

कोशी प्रदेशको बजेट अधिवेशन १४ जेठमा बोलाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १९:१०

८ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन १४ जेठमा आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १४ गतेबाट बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

सोमबार बसेको बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश  २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?