१८ जेठ, काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन्।
बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन्। उनले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताए।
उनले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशर्क लागि गर्वको कुरा भएको बताए।
उनले भने, ‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो। सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामन।उहाँको थप जीवन उन्नति होस्। यो अत्यन्त महत्वपूर्ण सफलता हो। यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो।’
सम्मान ग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरुका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताए ।
उनले सरकारले शारीरिक अशक्त भएकाहरुलाई सरकारले कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिवद्धता जनाए ।
‘यही सरकार थियो, मलाई दुवै हात, खुट्टा, आँखा नहुनेलाई कानून ल्याइएको थियो। त्यहाँ ६ हजारमाथि माथिका हिमाल चढ्न नमिल्ने कानून थियो। हामीले सबै मिलेर मुद्दा लड्यौँ। हामीले जित्यौँ,’ उनले भने, ‘कानून मिलेपछि चढ्न ६ वर्ष लाग्यो। अब अरुलाई अवसर दिनुपर्छ । हामीले कसरी सशक्त रुपमा अघि बढ्नुपर्छ । सरकारलाई पनि सुसुचित बनाउनुपर्छ । त्यस्ता कानून अब ल्याउनु भएन।’
पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।
तस्वीरहरु : आर्यन धिमाल/ अनलाइनखबर
 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4