+
+

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न आईएमई लाइफले पायो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ११:३१

२४ जेठ, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले २३ जेठ मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

चार अर्ब रुपैयाँ जारी पुँजीको ४ करोड कित्ता सेयरको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारण्मा जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर अंकित मूल्यमा १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसमा सेयर जारी गर्न लागेको हो ।

कम्पनीले एक करोड २० लाख कित्ता सेयरजारी गरेर सर्वसाधारणबाट प्रिमियमसहित २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन गर्नेछ ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ भने प्रिमियम मूल्यमा जारी गरेको सेयरवापत एक अर्ब ७६ करोड ७ लाख ७४ हजार सेयर प्रिमियमको रुपमा थप पुँजी संकलन गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि सिभिल क्यापिटले मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?