+

यू-२० महिला एसिया कप छनोटः चीनसँग नेपाल ५–० ले पराजित

२०८० जेठ  २५ गते १७:२० २०८० जेठ २५ गते १७:२०
यू-२० महिला एसिया कप छनोटः चीनसँग नेपाल ५–० ले पराजित

२५ जेठ, काठमाडौं । एएफसी यू–२० महिला एसिया कप छनोट दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल टिम बलियो प्रतिस्पर्धी चीनसँग ५–० ले पराजित भएको छ ।

समूह बी मा लगातार दोस्रो हारपछि नेपाल बाहिरिएको छ । यसअघि नेपाल घरेलु टोली म्यानमारसँग पनि ५–० कै नतिजामा हारेको थियो ।

यानगोनस्थित थुवुन्ना रंगशालामा भएको खेलमा चीनका लागि ओयुयाङ युहयानले १६औं, हुवा युएछिनले २६औं, यिन लिहोङ र लु जुहयुले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै यु जियकीले ८९औं मिनेटमा गोल एक गोल थपिन् ।

समूह बी मा लगातार दुई जितसहित चीन शीर्ष स्थानमा छ भने नेपाल दुई हारपछि अंकविहीन छ । नेपालका प्रशिक्षक याम प्रसाद गुरुङले बलियो टोली चीनविरुद्ध आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।

दोस्रो चरणमा कूल ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष २–२ टोली एएफसी यू–२० महिला एसिया कपमा छनोट हुनेछन् ।

एएफसी यू–२० महिला एसिया कप छनोट चीन नेपाल टिम नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय