+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

संसदमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १२:५१

२२ असार, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले बैठकमा अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुरुमै एमालेले उठेर विरोध गर्यो । त्यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । एमाले सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् । साथै उनले प्रश्न गरिन्, ‘नेपालको प्रधानमन्त्री नेपालले बनाउँछ कि दिल्लीले ?’

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले एमालेले गरेको प्रश्न प्रधानमन्त्रीलाई भएको हुन सक्ने भन्दै जवाफका लागि वातावरण बनाउन आवश्यक रहेको बताए । ‘एउटा जिज्ञासा सोध्न चाहन्छु भन्नुभएको छ । सायद प्रधानमन्त्रीलाई नै त्यो प्रश्न होला’ अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालको सरकार नेपालले बनाउँछ कि बाहिरबाट भनेर सोध्नुभएको छ । यसको उत्तर दिन पनि प्रधानमन्त्रीले यहाँ बोल्ने वातावरण बनाउनुपर्छ । यस्ता जिज्ञासाहरु प्रश्नहरुको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं ।’

तर, एमाले सांसदहरुले राष्ट्रिय सभामा उठेर विरोध जारी राखेका छन् ।

संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रिय सभाको भूमिका न्युन हुन जाने अध्यक्ष तिमिल्सिनाले बनाए ।

आफ्नो माग यथावत राखेर पनि संसदको बैठक सुरु गर्दा उपयुक्त हुन सक्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?