+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
ललितानिवास प्रकरण :

भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते २०:१८

२६ असार, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा  भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थियो । त्यो काममा संलग्न भएको आरोप श्रेष्ठमाथि लागेको छ ।

त्यो हालसाविकको निर्णयबाट सुवर्ण शम्शेरका हकदारहरू सुनिती राणा, शैलजा राणा, हाटक शम्शेर, हेमन शम्शेर र रुक्म शम्शेर समेतका व्यक्तिहरूका नाममा सरकारी जग्गा दर्ता गरिएको थियो।

 

श्री ५ को सरकार समरजंग कम्पनीको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको जग्गा व्यक्तिविशेषको नाममा हालसाविक गरिदिनको लागि भूमिसुधार तथा व्यवस्थापन विभागबाट मिति २०५९/०६/२४ गते सहमति दिने निर्णय गरेको देखिएकोमा उक्त निर्णय प्रक्रियामा तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ संलग्न भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

उनीमाथि चार वर्षअघि अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले १३ करोड २३ लाख विगो मागी भ्रष्टाचार मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?