+

एसियन गेम्सका तयारीका लागि भलिबलका १६-१६ खेलाडी टिममा बोलाइए

२०८० साउन  ५ गते १८:३३ २०८० साउन ५ गते १८:३३
एसियन गेम्सका तयारीका लागि भलिबलका १६-१६ खेलाडी टिममा बोलाइए

५ साउन, काठमाडौं । चीनको हान्जाउमा हुने १९ औं एसियन गेम्सका लागि नेपाल भलिबल संघले महिलातर्फ १६ जना र पुरुषतर्फ १६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

एसियन गेम्सका लागि दुवै टोली बोलाए पनि अन्तिम नाम तय भइनसकेको भलिबल टिमका प्रशिक्षक जगदीश भट्टले बताए ।

‘हामीले १६÷१६ जना खेलाडी बोलाएका हौं, तर नाम फाइनल भइसकेको छैन’, उनले अनलाइनखबरसँगको कुराकानीमा भने ।

नेपाल भलिबल संघले पुरुषतर्फका ४ खेलाडीमाथिको गरेको कारबाही र त्यससँग सम्बन्धित घटनाक्रमले गर्दा संघले खेलाडीको नाम सार्वजनिक गरेको छैन ।

राष्ट्रिय टिमका पूर्व कप्तान हरिहजुर थापालाई टिममा राख्दै अन्तिम १६ को नाम तय भए पनि हरिहजुरले सामाजिक सञ्जालमार्फत आफूले सवास्थ्य समस्याका कारण १९ औैं एसियन गेम्समा खेल्न नसक्ने जानकारी गराएका थिए । संघले उनलाई कारबाही गर्दै कप्तानबाट हटाए पनि टिममा राखेको थियो ।

त्यस्तै महिला तर्फ काभा वुमन्स च्यालेन्ज कपमा चोटका कारण बाहिर रहेकी प्रतिभाले पुनरागमन गरेकी छिन् भने त्रिभुृवन आर्मीकी सेटर जानकी भण्डारीको पनि नाम टिममा अटाएको छ । तर अफिसियल नामावली भने संघले सार्वजनिक गरेको छैन ।

नेपाल भलिबल संघ नेपाली भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय