+

नर्वेलाई हराउँदै जापान क्वार्टरफाइनलमा

२०८० साउन  २० गते १६:०२ २०८० साउन २० गते १६:०२
नर्वेलाई हराउँदै जापान क्वार्टरफाइनलमा

२० साउन, काठमाडौं । नर्वेमाथि सहज जित हात पार्दै जापान महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

न्यूजिल्याण्डको स्काई स्टेडियममा शनिबार भएको खेलमा जापानले ३–१ को जित हात पारेको हो ।

२०११ को विश्व च्याम्पियन जापानले १५औं मिनेटमा अग्रता लियो, जब हिनाता मियाजावाको क्रसलाई इंग्रिड एगेनले आफनै पोष्टको जाली चुमाइन् । केही मिनेटपछि नै नर्वेकी ग्युरो राइतनले गोल गर्दै खेललाई बराबरीमा फर्काएकी थिइन् ।

दोस्रो हाफमा जापान हावी भयो । ५०औं मिनेटमा रिसा सिमुजुले गोल गरिन् भने ८०औं मिनेटमा मियाजावाले गोल गर्दै जापानलाई क्वार्टरफाइनलमा पुर्‍याइन् ।

सेमिफाइनल प्रवेशका लागि जापानले डिफेण्डिङ च्याम्पियन अमेरिका र स्वीडेनबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

जापान नर्वे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय