+
+

पानीको जारको अनुगमन गर्दै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १८:१३

२१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ ।

कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ ।

पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको नगर प्रहरी निरीक्षक इश्वर वाग्लेले जानकारी दिए ।

वाग्लेका अनुसार आइतबार त्रिपुरेश्वरको विभिन्न पसलहरुमा खानेपानी जारको अनुगमन भएको छ । अनुगमनको क्रममा माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीको जार नष्ट गरेको वाग्लेले बताए ।

‘ती जारहरुमा उत्पादन एवम् उपभोग्य मिति नलेखिएको, बिर्कोबाट पानी चुहिएको अवस्थापछि हामीले १०/१२ वटा जार नष्ट गरेका छौं,’ वाग्लेले भने ।

महानगर प्रहरीका अनुसार माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीले नै महानगरको कार्यालय सहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो ।

‘पानीको गुणस्तर भन्दा पनि आज हामीले जारको बाहिरी अवस्थाको बारेमा अनुगमन गर्‍यौं, भोलिदेखि गुणस्तर मापन सहित अनुगमन गर्ने तयारी रहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?