+

नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

२०८० साउन  २२ गते १६:२५ २०८० साउन २२ गते १६:२५
नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

२२ साउन, काठमाडौं । टाइब्रेकरमा नाइजेरियालाई ४-२ ले हराउँदै इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

८७औं मिनेटमा लाउरेन जेम्स रातोकार्ड पाउँदै बाहिरिए पछि इंग्ल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

डी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि पहिला पहेँलो कार्ड पाएकी जेम्सले पछि भीएआरबाट रातोकार्ड पाएकी थिइन् ।

तर पनि उनको अभाव महसुस हुने गरी इंग्ल्याण्डले नाइजेरियालाई गोलको अवसर दिएन र पेनाल्टी सुटआउटमा पुगेको खेल जित्यो ।

महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय