+

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी काजललाई रजत पदक

२०८० साउन  २९ गते २०:४४ २०८० साउन २९ गते २०:४४
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी काजललाई रजत पदक

२९ साउन, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौं दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जितेकी हुन् । ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाईनलमा उनी कोरियन खेलाडीसँग पराजित भइन् ।

काजलले केही समयअघि अजरवैजानको बाकुमा भएको विश्व तेक्वान्दो च्याम्पियनमा प्रतिस्पर्धा गरेकी थिइन् ।

काजल श्रेष्ठ तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय