
४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएका छन् ।
महानगरका अनुसार सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएका छन् । सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ ।
महानगरको सूचना प्रविधि विभागको जिम्मेवारी ४२ महिना चलाएपछि ढकालको सरूवा भएको हो । अधिकारी र काफ्लेको भने ६ महिनापछि जिम्मेवारी हेरफेर भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4