६ भदौ, काठमाडौं । इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालीकोटको तिलागुफा नगरपालिका-३ घर भइ हाल काठमाडौको कीर्तिपुर-५ बस्ने ५२ वर्षीय विष्णु रिषी पाण्डेलाई मंगलबार पक्राउ गरेको हो ।
वैदेशिक रोजगारका लागि इटाली पठाइदिन्छु भन्दै पटक-पटक गरी एक व्यक्तिसँवग ४ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ गरेपछि उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4