+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लोसपाले वडासम्म समीक्षा र सुधार अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते २०:२५

१९ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रदेखि वडा तथा वुथ कमिटीसम्म पार्टीको संगठन सुदृढीकरण गर्न समीक्षा र सुधार अभियान चलाउने भएको छ ।

मंगलबार महोत्तरीको बर्दिबासमा बसेको लोसपा मधेश प्रदेशको विस्तारित बैठकले अभियान चलाउने निर्णय गरेको हो ।

मंगलबार जनकपुर पार्टी कार्यालयमा लोसपाले पत्रकार सम्मेलन आयोजना गरी मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संगठन चुस्त दुरुस्त बनाउन सुरक्षा र सुधार अभियान चलाउने निर्णय भएको बताए ।

बैठकमा केन्द्रीय समिति विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । संशोधित नागरिकता विधेयक पारित भएर जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाएपनि नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन समस्या भइरहेको सोनलले बताए ।

अविलम्ब नियमावली बनाएर आमाको नामबाट नागरिकता बनाउने व्यवस्था गर्न उनले माग गरे ।

त्यस्तै संघीयता कार्यान्वयन सुरु भएकव लामो समय भएपनि संघीय सरकारले प्रहरी समायोजन नगर्दा प्रदेश सरकार शान्ति सुरक्षा दिन नसकेको सोनलले बताए ।

‘प्रहरी समायोजन ऐन पारित, प्रमाणीकरण भएको लामोसमय भयो । तर अझै सम्म कार्यान्वयन भएको छैन’, अध्यक्ष सोनलले भने ‘अविलम्ब प्रहरी समायोजन गरी संघीयता कार्यान्वयनमा प्रचण्ड सरकार एक कदम अगाडि हुनुपर्छ ।’

चुरे विनाशले मधेशमा मरुभूमिकरणको जोखिम बढेको भन्दै अविलम्ब तीनै तहको सरकारले चुरे संरक्षण र मरुभूमिकरणबाट बच्ने स्थायी समाधान खोज्नुपर्ने पनि उनले बताए ।

मिटरब्याज कानुन बनेपछि प्रशासन र नक्कली पीडितले अराजकता मचाएको भन्दै उनले आक्रोश पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?