+

नेइमारले तोडे पेलेको सर्वाधिक गोलको रेकर्ड

२०८० भदौ  २३ गते १६:५७ २०८० भदौ २३ गते १६:५७
नेइमारले तोडे पेलेको सर्वाधिक गोलको रेकर्ड

२३ भदौ, काठमाडौं । ब्राजिलका फुटबल खेलाडी नेइमारले लेजेन्ड पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन् । शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेइमारले दुई गोल गरेका छन् ।

ब्रजिलका लागि १२५ औं खेल खेलेका नेइमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे र पेलेको ७७ गोलको रेकर्ड तोडे । ब्राजिलका लागि नेइमारले गरेको गोल संख्या ७९ पुगेको छ ।

‘यो रेकर्डमा पुग्छु भनेर कहिल्यै सोचेको थिइन’ ३१ वर्षका नेइमारले भने, ‘म पेले वा राष्ट्रिय टिमका अरु खेलाडी भन्दा राम्रो होइन ।’

पेले, जसको गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएको थियो, उनले १९५७ देखि १९७१ को अवधिमा ९२ खेलमा ७७ गोल गरेका थिए ।

नेइमार २०१७ मा बार्सिलोनाबाट २०० मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेन जाँदा विश्वकै सबभन्दा महंगा फुटबलर बनेका थिए । उनी हाल साउदी प्रो लिग टिम अल हिलालमा छन् ।

नेइमार ब्राजिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय