
२७ भदौ, बैतडी । रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका-१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।
गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए ।
कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।
मृतक साउदका एक छोरी र श्रीमती छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4