+

सन्दीप भन्छन् : एसियाड खेल्न मानसिक रुपमा तयार छैन

२०८० असोज  ८ गते १७:३० २०८० असोज ८ गते १७:३०
सन्दीप भन्छन् : एसियाड खेल्न मानसिक रुपमा तयार छैन

८ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् ।

सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो ।

तर उनले मानसिक रुपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् ।

‘मैले बोलाएर कुरा गरेको थिएँ, उसले मानसिक रुपमा तयार छैन भन्ने जानकारी गराएको छ’ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने । उनका अनुसार सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।

क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

एसियाली खेलकुद सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय