+

विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडी

२०८० असोज  १२ गते १५:१० २०८० असोज १२ गते १५:१०
विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडी

१२ असोज, काठमाडौं । राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

पहिलो सिजनमा काठमाडौं रेजर्सलाई उपाधि जिताउने कप्तान कुथुले यस पटक नयाँ टिमसँग सम्झौता गरेका छन् ।

उनी त्रिभुवन आर्मीको गोलकिपर हुन् । उनले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सञ्चालन हुनेछ ।

यस सिजन पहिलो सिजनका ६ र नयाँ ३ गरि कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

एनएसएल विकेश कुथु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय