+
+

दशैं बिदामा काठमाडौं महानगरको गाडी चलाउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १८:३९

२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं र तिहार बिदाका बेला महानगरको नाममा दर्ता रहेका गाडी चलाएको पाइएमा कारबाही गर्ने भएको छ ।

महानगरपालिकाले बिदामा बसेका कर्मचारीले महानगरको गाडी चलाएमा कारबाही गर्ने बताएको हो ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ ‘महानगरपालिकाको अत्यावश्यक काममा सवारी साधन प्रयोग गर्नुपर्दा महानगर क्षेत्रभन्दा बाहिर (दमकल, एम्बुलेन्स र फोहोर बोक्ने वा फोहोरसँग सम्बन्धित विषय बाहेक) संचालन नगर्नु हुन अन्यथा कारवाही भइजाने व्यहोरा समेत यसै सूचनद्वारा सूचित गरिन्छ ।’

महानगरका कर्मचारीले अन्य विदाको समयमा सवारी पास लिन परे प्रमुख प्रशासकीय अधिकृतबाट अग्रिम स्वीकृति लिनु पर्ने समेत सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?