+

पारा एसियाली खेलकुदमा पलेशाले नेपाललाई दिलाइन् ऐतिहासिक पदक

२०८० कात्तिक  ७ गते १५:२७ २०८० कात्तिक ७ गते १५:२७
पारा एसियाली खेलकुदमा पलेशाले नेपाललाई दिलाइन् ऐतिहासिक पदक

७ कात्तिक, काठमाडौं । पलेशा गोवर्धनले चीनको हाङझावमा जारी चौथो पारा एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी छन् ।

पलेशाले पारा तेक्वान्दोको महिला ५७ केजी मुनि के–४४ तर्फ क्वाटरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरिन् । यससँगै उनले काँस्य पदक जितिन् ।

सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी खेलाडीसँग १६–१० ले पराजित भएकी छन् ।

केही महिनायता पलेशा अध्ययनका लागि चीनकै सांघाइमा छिन् । पलेशा सांघाइबाटै हाङझाव गएकी थिइन् ।

टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर पलेशाले इतिहास रचेकी थिइन् ।

पलेशा गोवर्धन पारा एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय