
काठमाडौं । संसारमा यस्ता धेरै ठाउँहरु छन् जसका बारेमा थाहा पाउँदा निकै अनौठो लाग्छ । यस्ता ठाउँहरुमा केही न केही त्यस्तो चिज हुन्छ जसले त्यो ठाउँलाई अरुभन्दा फरक र विशेष बनाइदिन्छ ।
कुनै सहर तथा गाउँहरु हदभन्दा धेरै सफा भएर चर्चामा आउँछन् त कुनै प्रविधि विनाको शानदार जीवनशैलीका कारण ।
यस्तै एक अनौठो कारणले गर्दा फ्रान्सको एउटा सानो गाउँ चर्चामा छ । फ्रान्सको रोचफरच्याट नामक गाउँ वास्तवमा एउटा नगरपालिका नै हो । फ्रान्समा रहेका ३५ हजार ८३ नगरमध्ये यो सबैभन्दा सानो नगर हो । यसलाई मिडिल अफ नो ह्वेयर पनि भनिन्छ ।
यो गाउँमा सबैभन्दा अनौठो भनेको यहाँको जनसंख्या हो । गाउँमा केवल एकजना महिलामात्रै बस्छिन् जसको नाम हो जोसेट । पूरै गाउँमा एक्लै बस्दै आएकी ६५ वर्षकी जोसेटको हिम्मतलाई मान्नै पर्दछ । किनकि उनका अलावा उक्त गाउँमा केवल ब्वाँसोहरु मात्रै छन् । यद्यपि उनीसँग उनको कुकुर पनि सँगै बस्दछ ।
द सनका अनुसार रोशफोरच्याट फ्रान्सको सबैभन्दा सानो नगरपालिका हो । गाउँमा एउटा क्यासल, एउटा पूरानो चर्च, एउटा चिहानक्षेत्र र एउटा टेलिफोन बुथ रहेको छ । यसका अलावा गाउँमा ३ वटा भवन छन् जसलाई जोसेटले नै कब्जा गरेकी छिन् ।
उनी सन् २००५ देखि त्यहाँ बस्दै आएकी छिन् । वास्तवमा उनी महिनामा १५ दिन उक्त गाउँमा बस्छिन् भने बाँकी १५ दिन नजिकैको अर्को गाउँमा जान्छिन् जहाँ धेरै मानिस बस्छन् । आफ्ना खानपिन तथा अन्य आवश्यकताका सामान लिनका लागि उनी आफ्नो घरभन्दा ६किलोमिटर टाढाको अर्को गाउँमा पुग्छिन् ।
आफुलाई आरामभन्दा शान्ति धेरै मन पर्ने भएकाले गाउँमा एक्लै बस्ने गरेको उनी बताउँछिन् ।
उनको परिवार समय समयमा जोसेटलाई भेट्नका लागि त्यहाँ आउँछन् र सबै मिलेर जंगली सुँगुरको सिकार गर्न जान्छन् ।
रोशफोरच्याटका अन्य घरका मालिक मेयर जिन ब्याप्टिस्ट मार्टिग्नी पनि हुन् । तर उनी सायदै त्यहाँ आएर बस्छन् ।
गाउँमा एक्लै बस्ने जोसेटको शान्ति भंग गर्ने त्यहाँ छन् त केवल ठूलो ठूलो आवाज निकाल्ने ब्वाँसोहरु। आफुले क्यामेराबाट गाउँमा ब्वाँसोहरु हेर्ने भएपनि अहिलेसम्म ब्वाँसोसँग जम्काभेट नभएको उनी बताउँछिन् ।
यो अनौठो गाउँ टिकटक लगायतका सोसल मिडियामा चर्चित बनेको छ ।
फ्रेन्च मिडियाका अनुसार निकट भविष्यमै यो गाउँको जनसंख्या तेब्बर हुनेवाला छ । किनकि त्यहाँ थप २ जना मानिसहरु बसाइँ सर्ने योजनामा छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4