+

फुटबल हेरेपछि दर्शकलाई घर पुर्‍याउन १५ बसको व्यवस्था

२०८० मंसिर  ४ गते १७:४९ २०८० मंसिर ४ गते १७:४९
फुटबल हेरेपछि दर्शकलाई घर पुर्‍याउन १५ बसको व्यवस्था

४ मंसिर, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत मंगलबार दशरथ रंगशालामा हुने खेल हेर्न आउने दर्शकलाई घर पुर्‍याउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ वटा बस व्यवस्था गरेको छ ।

एन्फाका खेल निर्देशक सञ्जीव मिश्रका अनुसार दशरथ रंगशालामा मंगलबार साँझ ७ बजेदेखि हुने नेपाल र यमनबीचको खेल सकिएपछि दर्शकलाई घर पुर्‍याउन विभिन्न रुटमा १५ वटा बस व्यवस्था गरिएको हो । ‘हामीले विभिन्न रुटका १५ वटा बस भाडामा लिएका छौं । जसले दर्शकलाई खेलपछि घर फर्कन सहयोग हुनेछ ।’

बस चढेर घर फर्किन दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्नेछ ।

कुन कुन रुटमा चल्नेछ बस ?

१. त्रिपुरेश्वरबाट चक्रपथ हुँदै नारायणस्थानसम्म
२. त्रिपुरेश्वरबाट भक्तपुर सूर्यविनायकसम्म
३. त्रिपुरेश्वरबाट बौद्ध, जोरपाटीसम्म
४. त्रिपुरेश्वरबाट कलंकी, सतुगंलसम्म र सोही गाडीले स्वयम्भूसम्म
५. त्रिपुरेश्वरबाट सोह्रखुट्टे, बालाजु हुँदै चक्रपथसम्म
६. त्रिपुरेश्वरबाट बल्खु हुँदै कीर्तिपुरसम्म
७. त्रिपुरेश्वरबाट एकान्तकुना हुँदै भैंसेपाटीसम्म
८. त्रिपुरेश्वरबाट लगनखेल हुँदै हात्तीवनसम्म
९.  त्रिपुरेश्वरबाट सिनामंगलसम्म

दशरथ रंगशाला नेपाल भर्सेस यमन फुटबल विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय