
५ मंसिर, विराटनगर । कोशी प्रदेश सांसद सदानन्द मण्डलले भारतबाट नेपाल आउनेहरुको अभिलेख राख्न माग गरेका छन् ।
नेपालबाट भारत जाँदा अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने बताउँदै उनले भारतबाट नेपाल आउनेहरुको परिचय पत्र हेरेर अभिलेख राख्न माग गरेका हुन् ।
‘भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ, असल मित्र पनि हो,’ प्रदेशसभा बैठकको शून्य समयमा बाेल्दै उनले भने,‘ बोर्डर पारी जाँदा हाम्रो आइडी चेक हुन्छ, त्यहाँका सुरक्षा निकायबाट अआइडी चेक हुन्छ तबमात्रै बोर्डर क्रस हुन दिन्छ ।’
भारतीय नेपाल आउँदा त्यसको कुनै विवरण नरहेको उनले बताए । ‘भारतीयहरु नेपाल आउँदा आइडी चेक गर्न मिल्छ कि मिल्दैन ? त्यसको अभिलेख राख्न मिल्छ कि मिल्दैन ? नेपालमा विभिन्न किशिमको सुरक्षा चुनौती छ, ती अधिकांश चुनौतीको बावजुत केही घटना घटाएर जान्छन, त्यसको खोजी नीति र चेक गर्ने कुनै चिज छैन हामीकहाँ,’ उनले भने,‘ …..सम्बन्धित निकायको ध्यान आकृष्ट होस्, बोर्डरमा बोर्डर पारीका मान्छेहरु आउँदा कमसेकम त्यसको आइडी चेक होस्, त्यसको अभिलेख राखियोस् ।’
उनले राजमार्गमा जाँच गर्नका लागि सम्यन्त्र निर्माण गर्न पनि माग गरे । राजमार्गमा सुविधासहितको चेकप्लाइन्ट राख्न माग गरे ।
प्रतिक्रिया 4