 
																			६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामको प्रकृति र गुणस्तर नयाँ ढंगबाट अघि बढाउने बताएका छन् ।
बुधबार सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यकक्षमा सरेपछि उनले आफ्नो कार्यकक्ष मात्र नभएर कामको प्रकृति र गुणस्तर पनि फेरिने दाबी गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको पुरानो कार्यकक्ष साँघुरो भएको भन्दै उनले नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस भएको बताए ।
‘मलाई कता कता अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु । नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ’, उनले भने ।
शहरी विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रबलीकरणको काम लगभग पूरा भएको बताएको छ । शहरी विकास मन्त्री सीता गुरुङले यो काममा करिब ४२ करोड रुपैयाँ लागेको जानकारी दिइन् ।
‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको छ । …इन्टेरियरको संरचना बनाउनुपर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन कि भन्ने देखिन्छ’, उनले भनिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4