+

सिटी र लिभरपुलले अंक बाँडे

२०८० मंसिर  ९ गते २०:२६ २०८० मंसिर ९ गते २०:२६
सिटी र लिभरपुलले अंक बाँडे

९ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार भएको खेलमा एक गोलले पछाडि परेको अवस्था उल्टाउँदै लिभरपुलले डिफेण्डिङ च्याम्पियन सिटीलाई १–१ को बराबरीमा रोकेको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले २७औं मिनेटमा एर्लिङ हल्याण्डको गोलबाट अग्रता लिएको थियो । तर खेलको ८० औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर–आर्नल्डले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

बराबरीसँगै सिटी १३ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको २८ अंक छ ।

इंग्लिस प्रिमियर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय