+

एनएसएलमा लगातार दोस्रो जितपछि धनगढी शीर्ष स्थानमा

२०८० मंसिर  १४ गते १९:४३ २०८० मंसिर १४ गते १९:४३
एनएसएलमा लगातार दोस्रो जितपछि धनगढी शीर्ष स्थानमा

१४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जिताउन खेलको अन्तिम समयमा आफिज ओलावालेले गोल गरे ।

६९ औं मिनेटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका ओलावालेलाई अहमद हिजाजीले पास उपलब्ध गराएका थिए । बुटवलका किपर अघि बढेको मौका सदुपयोग गर्दै ओलावलेले गोल गरेका थिए ।

बुटवलमाथि १-० को जितसँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । धनगढीले यसअघि पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको थियो ।

बुटवल लुम्बिनीको भने एनएसएलमा यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग हार व्यहोरेको थियो ।

एनएसएल फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय