+

एनएसएलमा अन्तिम समयमा गोल गर्दै झापाले टार्‍यो हार

२०८० मंसिर  १६ गते १५:१० २०८० मंसिर १६ गते १५:१०
एनएसएलमा अन्तिम समयमा गोल गर्दै झापाले टार्‍यो हार

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले पोखरा थन्डर्ससँगको हार टारेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा झापाले अन्तिम समयमा गोल फर्काएर हार टारेको हो । खेलमा पोखराले १९ औं मिनेटमा मोसेस ग्याबहको गोलमा अग्रता लिएको थियो ।

जोय एइडुले डी बक्सभन्दा धेरै बाहिरबाट दिएको पास मोसेले १२ यार्डबाट हेडमार्फत प्रहार गरेका थिए जसलाई झापाका गोलकिपर स्टेफनले रोक्न सकेनन् । तर खेलको ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम समयमा झापाका समादर ओचिलोभले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

शनिबारको खेल बराबरीपछि झापाले एनएसएलमा एक अंक जोडेको छ । पहिलो खेल जितेको पोखराले भने ४ अंक बनाएको छ ।

शनिबारको खेलको ९० औं मिनेटमा कमलबहादुर थापाले रातो कार्ड पाएपछि पोखरा १० खेलाडीमा सीमित भएको थियो । खेलको अन्तिम समयमा पोखराका प्रशिक्षक नविन न्यौपानेले पनि रातो कार्ड पाए ।

खेलको म्यान अफ दि म्याच पोखराका सुरजज्यू ठकुरी घोषित भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको खेलमा फ्यान अफ द म्याचका रुपमा दर्शकलाई पनि पुरस्कृत गरिएको छ । कमल प्रसाद निरौलाले ५ हजार पुरस्कार पाए ।

एनएसएल फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय