धनगढी र ललितपुर बराबरीमा रोकिए
२०८० मंसिर १६ गते १९:३५
१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् ।
दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् ।
एनएसएलको तेस्रो खेलसम्म आउँदा दुबै टिम अपराजित रहन सफल भएका छन् । अगाडिका दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी नतिजा हो । ललितपुरले भने पहिलो खेल जितेको थियो र त्यसपछिका दुई खेल बराबरी खेलेको छ ।
शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4