+

पोखरामा महिला अम्पायरको डेब्यू

२०८० मंसिर  २७ गते १७:५८ २०८० मंसिर २७ गते १७:५८
पोखरामा महिला अम्पायरको डेब्यू

२७ मंसिर, काठमाडौं । पोखरामा सञ्चालन भइरहेको पीएम कप महिला टि-२० क्रिकेट छनोटमा महिला अम्पायरले डेब्यू गरेकी छिन् ।

पोखरा क्रिकेट रंगशालामा आयोजित ‘प्रधानमन्त्री कप महिला टी20 गण्डकी प्रदेश स्तरीय प्रतियोगिता २०८०’ मा दोस्रो दिनको पहिलो खेलमा स्याङ्जाकी सोनिका थापाले महिला अम्पायरका रुपमा डेब्यू गरेकी हुन् ।

थापाले  कास्की र पर्वतबीच भएको पहिलो खेलको अम्पायरिङ गरेकी थिइन्।

प्रतियोगिता खेल सञ्चालन अगाडि गण्डकी प्रदेशका पहिलो अन्तराष्ट्रिय अम्पायर तथा गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले सोनिकालाई प्रोत्साहन स्वरुप अम्पायरिङ ह्याट, हेड बेल्ट, बल काउन्टर तथा बलिङ कार्ड प्रदान गरेका थिए ।

सोनिका पोखरामा भर्खरै ओ लेभलको अम्पाएरिङ प्रशिक्षण सहभागी भएकी थिइन् ।

पोखरा महिला अम्पायर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय