 
																			१ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षामा गरिएको लगानी कसैले खोस्न नसक्ने बताएका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले भने, ‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’
उनले अगाडि भने, ‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्धत गर्न अनुरोध गर्न चाहन्छु । राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’
०४६ सालपछि नुवाकोटमा विकास सुरुवात भएको भन्दै उनले त्यसपछि ककनीको बाटो काठमाडौं बिजुली लैजान बनाइएको जानकारी दिए । ०४६ साल पछि पुल, सिँचाइ, बिजुली विस्तार भएको उनको भनाई छ ।
आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको दाबी गर्दै उनले भने, ‘बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो, बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौं, समर्पण र इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेका छौं । मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।’
काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि शहर नुवाकोटमै बन्ने भन्दै उनले त्यसपछि लगानी भित्रिने, जग्गाको मूल्य बढ्ने र स्थानीयको आम्दानी बढ्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4