भियारियाललाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा
२०८० पुष २ गते ८:४९
२ पुस, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले भियारियाललाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङघमले २५औं, रोड्रिगोले ३७औं, ब्राहिम डियाजले ६४औं र लुका मोडरिचले ६८औं मिनेटमा गोल गरे ।
भियारियालका लागि जे मोरालेसले ५४औं मिनेटमा एक गोल फर्काए ।
जितपछि रियल १७ खेलबाट ४२ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो । रियलले एक खेल कम खेलेको जिरोनालाई १ अंककले पछि पारेको छ । जिरोना १६ खेलबाट ४१ अंकसहित दोस्रोमा छ ।
तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट २५ अंक छ । भियारियाल १७ खेलबाट १६ अंकसहित १४औं स्थानमा छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4