+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवनमा पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन   

रासस रासस
२०८० पुष ८ गते ७:५२

८ पुस, मुग्लिन (चितवन) । चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो ।

घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गर्दै उनले घरबासले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले घरबासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड दिए ।

इच्छाकामना पर्यटकीय गन्तव्यको निकै सम्भावना रहेको गाउँपालिका हो भन्दै उनले पर्यटन प्रवर्द्धनका लागि जिल्ला समन्वयबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकका लागि लक्ष्य गरी पर्यटन प्रवर्द्धनका लागि घरबास सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

अध्यक्ष गुरुङले भने, ‘फिस्लिङबाट इच्छाकामना उपर्दाङगढी हुँदै सौराहा जान सकिन्छ भन्ने प्रचार–प्रसार गर्न र गाउँमा बास बस्न चाहने पर्यटकका लागि सहज होस् भनेर सामुदायिक घरबास सञ्चालनमा ल्याएका हौँ, दश जना बस्न सक्ने दुईकोठे भवनमा घरबास सञ्चालन गरिएको हो ।’

गाउँपालिकाको रु १३ लाख, इच्छाकामना आमा समूह तोक्दाङको रु १ लाख ९२ हजार र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापको एक लाखको लागतमा भवन निर्माण गरिएको हो । साथै गाउँपालिकाले घरबासका लागि आवश्यक बिछ्यौना पनि उपलब्ध गराएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर गुरुङले जग्गादान गरे ।

जिल्लाको उपर्दाङगढी, सिराइचुली हात्तीवाङ, इच्छाकामना मन्दिर, मायाटार जलविरे झरनालागयत पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्षित गरी घरबास सञ्चालन गर्न स्थानीयलाई आर्थिक अनुदानसहित तालिमको व्यवस्था गरिने गाउँपालिकाको योजना छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?