+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बालकुमारी घटनाबारे छलफल गर्न संसदीय समितिले बोलायो गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १८:४७

१४ पुस, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।

समिति सचिव सुरजकुमार दुराका अनुसार बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा गृहमन्त्री श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाइएको छ ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?