+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

त्रिविको शिक्षक नियुक्तिसम्बन्धी विनियम संशोधन नगर्न अनेरास्ववियुको खबरदारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १८:५३

१३ माघ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम संशोधन नगर्न खबरदारी गरेको छ ।

गत २१ असोजमा गरिएको नियमावली संशोधनपछि परीक्षाको निष्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने सुनिश्चित हुँदाहुँदै पुन त्यसलाई संशोधन गर्न खोजिएको भन्दै अनेरास्ववियुले खबरदारी गरेको हो ।

अनेरास्ववियुका त्रिवि जिल्ला कमिटीका संयोजक समीरराज विष्टसहितको टोलीले शुक्रबार निमित्त उपकुलपति शिवलाल भुसाललाई एक ज्ञापनपत्र बुझाउँदै विनिमय संशोधन गर्न समिति निर्माण गर्नुले प्राज्ञिक नभई आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउने प्रयास देखिएको बताएको छ ।

‘संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याई उक्त संशोधित विषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गतल मनसाय रहेको प्रष्ट देखिन्छ’, ज्ञापनपत्रमा भनिएको छ ।

२१ असोजमा संशोधन गरिएको विनयमको उपविनियम (६) को खण्ड (क) मा राखिएको व्यवस्थाले लोकसेवा आयोगको संलग्नता र समन्वयले त्रिवि सेवा आयोगले लिने हरेक परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निश्पक्षता र विश्वसनीयता बढाएको अनेरास्ववियुको भनाइ छ ।

अनेरास्ववियुले २१ असोजमा संशोधन भएको विनियमलाई त्रिवि सेवा आयोगको वेबसाइटमा राख्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?