+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पूर्वमालपोत अधिकृतको १० करोडको सम्पत्ति, अख्तियारले दियो भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १६:०८

१६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा एक शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ललितपुरका तत्कालिन मालपोत अधिकृत तथा हाल मधेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत (आठौं) मीनप्रसाद भट्टराईले जागिर अवधिमा ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ ५ पैसा गैर कानुनी आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका उनको २०७९ जेठ ३० गतेसम्मको वैध आम्दानी ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ १० पैसा हुनेमा उनको जग्गा खरिद, ऋण तिरेको कमिसन, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सेयरमा लगानी, घरमा तला थप, सवारी साधन खरिद र बैंक मौज्दात समेत गरी १० करोड २३ लाख ९२ हजार २८ रुपैयाँ १५ पैसा रकम देखिएको अख्तियारको भनाइ छ ।

यसमा  ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ ५ पैसाको स्रोत नखुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले गैरकानुनी आर्जन गरेको रकमबराबरको बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कन्छी श्रीमती झुनाकुमारी कठायतको नाममा जग्गा खरिद, शेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात राखेको भन्दै बिगो जफतका लागि उनलाई पनि प्रतिवादी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?