+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘हात्तीछाप’को प्रतिक्रिया बुझ्न हलमा बुद्धि र उपासना, शनिबारको कमाइ कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १९:३८

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर ‘हात्तीछाप’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) सुखद कमाइ गरेको छ ।

वितरक रोहित कट्टेलले शनिबार सुखद कमाइ गरेको बताए । आगामी दिनमा पनि व्यापारको ट्रेन्ड स्थिर रहने आशा उनले व्यक्त गरे । फिल्म प्रवद्र्धनमा हिँडेका कलाकारसँग दर्शकले दोस्रो श्रृंखलाको प्रतीक्षामा आफूहरु रहेको बताए ।

शनिबार राजधानीको एफक्यूब हलमा पुगेका दर्शकले फिल्म ‘गज्जब’ रहेको प्रतिक्रिया दिएको प्रस्तुतकर्ता किरण नेपालीले बताए । ‘फिल्मले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिए’ उनले भने ।

फिल्म हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताए । फिल्मको अन्तिममा सिक्वेलको घोषणा समेत गरिएकाले चाडै नै तयार हुने आशा उनीहरुको थियो ।

फिल्मका प्रस्तुतकर्ता नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।

हल पुगेकी अभिनेत्री उपासनासिंह ठकुरीले राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘मलाई राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र फिल्मलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’

उनले फिल्मले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि फिल्मले पूर्णरुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?