
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पाटीभित्र एक अर्काको आलोचना नगरेर विपक्षको आलोचना गर्न सुझाव दिएका छन् ।
कस्तो खाले बदमासी गरिरहेका छन् । कस्तो खाले प्रवृत्ति देखाइरहेका छन? त्यतातिर आलोचना र विरोध गर्न उनले सुझाव दिए ।
गठबन्धन गर्नै नपर्ने गरी संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धन गर्ने नगर्ने कुराहरु आइरहको बताउँदै उनले भने,‘ गठबन्धन गर्नैपर्ने गरी संगठन निर्माण गरौं । गठबन्धन गर्नै नपरोस् भनि संगठन निर्माण गरौं न कि अहिले के गर्ने कसो गर्ने भन्ने विषयमा धेरै अलमल गर्नुपर्ने आवश्यकता छैन ।’
गठबन्धन सरकारको सीमितता रहेपनि हरसम्भव सुधारका कार्य गरिरहेको उनले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4