 
																			११ फागुन, काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताइन् ।
संघीय संसदले पनि क्यालेन्डर बनाएर आफ्नो कामलाई अघि बढाएकाले समितिले पनि त्यसैअनुसार अघि बढ्न कुनै समस्या नहुने उनको भनाई छ । भनिन्, ‘क्यालेण्डरका विषयहरू पनि माननीयज्युहरूले गर्नुभएको छ । हामीले कामै गर्ने हो, क्यालेन्डर बनाएर अगाडि बढ्दा हामीलाई केही समस्या हुन्न । त्यसकारणले गर्दा अब संसदले पनि आफ्नो क्यालेन्डर बनाई सकेको स्थितिमा हामीले पनि कामलाई व्यवस्थित गरेर जानेछौं ।’
सभापति सुदेवीले समितिले आफ्नो कार्यक्षेत्र भित्रका विविध विषयहरूमा पनि छलफललाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । विगतमा विधेयक केन्द्रित विषयहरूले मात्रै प्राथमिकता पाएको र अब भने कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि छलफललाई अघि बढाउने उनको भनाई छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले समितिको बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि ध्यान दिन सभापति सुवेदीको ध्यानाकर्षण गरेकी थिइन् । सांसद गौतमले कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि समितिमा छलफल चलाउने कुरामा पनि केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4