आशिफ शेख ३४ रनमा आउट
२०८० फागुन १६ गते १३:५८
१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा आशिफ शेख ३४ रनमा आउट भएका छन् ।
उनी ८.१ ओभरमा रोलेफ भान डर मर्वेको बलमा विकेट किपर स्कट एडवार्डसको हातबाट स्टम्पिङ भए । उनी आउट हुँदा १८५ रनको लक्ष्य पछ्याएको नेपालको स्कोर ६५ रन छ ।
यसअघि कुशल भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भए । उनी लगातार दोस्रो खेलमा डक अउट भएका हुन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4