+

गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने

२०८० चैत  २८ गते १३:१३ २०८० चैत २८ गते १३:१३
गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने

२८ चैत, काठमाडौं । नेपाली धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने भएका छन् ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे ।

गोपी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछन् । लन्डन म्याराथन वैशाख ९ गते हुनेछ । नवौं नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनको लागि छनोट भएका थिए ।

नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले उपाधि विजेतालाई लन्डन म्याराथनमा सहभागिताको सुनिश्चितता गराएको हो ।

उनलाई हवाई टिकटको व्यवस्था राखेपले गर्नेछ भने लन्डनमा उनको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ । गोपीले तयारी राम्रो भएकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने  बताए ।

 

 

गोपीचन्द्र पार्की लन्डन म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय