२८ चैत, काठमाडौं । नुवाकोट आमन्त्रण ओपन हाप्किडो राष्ट्रिय च्याम्पियन ७ र ८ वैशाखमा नुवाकोटको बेलकोटगढीमा आयोजना हुने भएको छ ।
प्रतियोगिता नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आयोजना हुन लागेको नेपाल हाप्किडो संघका मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए ।
प्रतियोगितामा स्पाइरिङ, हाइ फल, लङ फल र डेमोन्सट्रेसन समावेश गरिएका छन् । खुला प्रतियोगितामा ५ सयको हाराहारीमा खेलाडीको सहभागिता रहने गुरुङले जानकारी दिए ।
प्रतियोगिता बेलकोटगढी नगरपालिकास्थित अबिसरा शहीद स्मृती खेल मैदानमा हुने छ ।
नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा हुने सो प्रतियोगितामा बागमती प्रदेश हाप्किडो संघ तथा नेपाल हाप्किडो संघको सहकार्य रहने छ ।
 
                    










 २०८० चैत  २८ गते २०:०४
                        २०८० चैत  २८ गते २०:०४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4