+

इतिहासमै पहिलो पटक नेपाल आउने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

२०८१ वैशाख  ११ गते ६:४५ २०८१ वैशाख ११ गते ६:४५
इतिहासमै पहिलो पटक नेपाल आउने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

११ वैशाख, काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् ।

२०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा छन् ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

ओपनर इभिन लुइस छनोटमा उपलब्ध नभएकाले र ब्रेन्डन किंग भने चोटका कारण नेपाल आउने छैनन् ।

वेस्टइन्डिज क्रिकेट टोली आफ्नो इतिहासमै पहिलो पटक नेपाल आउन लागेको हो ।

नेपाल आउने वेस्टइन्डिज टोलीमा रहेका जोनसन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ मा टी-२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए ।

२०१६ को सेमिफाइनलमा भारतलाई ७ विकेटले हराउन उनले ५२ रन बनाएका थिए । २०१२ को विश्वकपमा इंग्ल्यान्डलाई हराउन ८४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । गत वर्ष मात्रै दक्षिण अफ्रिकाविरुद्ध उनले ४६ बलमा १० चौका र ११ छक्कासहित ११८ रनको सानदार शतक हानेका थिए ।

३५ वर्षीय चार्ल्सले ५८ ओडीआई र ४८ टी-२० आई खेल खेलेका छन् ।

यसैगरी यसअघि राजस्थान रोयल्सबाट आईपीएल खेल्ने ओबेद म्याककोय पनि नेपाल आउने छन् । ओबेद वर्तमान वेस्टइन्डिजका प्रमुख बलर हुन् ।

वायाँ हाते तीव्र गतिका बलर उनले २०२२ मा दोस्रो टी-२० आई खेलमा भारतविरुद्ध ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिएका थिए ।

२७ वर्षीय तीव्र गतिका बलर थोमस पनि अर्का ठूला नाम हुन् । उनले २५ ओडीआई र २१ टी-२० आई खेल खेलेका छन् । चोटका कारण नियमित भने खेल्न सकेका छैनन् ।

वेस्टइन्डिजको टोली

रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

वेस्टइन्डिज ‘ए’
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय