+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुल्मी–काठमाडौंको हवाइ भाडा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:४०

२७ वैशाख, गुल्मी । हवाइ इन्धनको मूल्य वृद्धि भएको कारण देखाएर गुल्मीको रेसुंगादेखि काठमाडौंसम्मको हवाइ भाडा पनि वृद्धि भएको छ ।

अब गुल्मीबाट काठमाडौं जाँदा ७ हजार ३०१ रुपैयाँ र काठमाडौंबाट गुल्मी आउँदा ७ हजार ५०१ रुपैयाँ भाडा लाग्ने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो । हाल गुल्मीमा नेपाल एअरलाइन्सको टुइनअटर जहाजले हप्तामा तीन उडान सञ्चालन गर्दै आएको छ ।

रेसुंगा विमानस्थलबाट यात्रुको चापलाई मध्यनजर गर्दै एक उडान थप गरिएको छ । अब सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी हप्तामा चार उडान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?