+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्पोटीफाइमा बीटीएसका जंगकूकको रेकर्ड, १० गीत १०० मिलियन पटक सुनियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:२५

काठमाडौँ । बीटीएस ब्याण्डका सदस्य जंगकूकले के–पप क्षेत्रमा आफ्नो वर्चस्व कायमै राखेका छन् । सन् २०२३ मा एकल डेब्युपछि यी गायक लगातार आफ्नो असाधारण उपलब्धिसँगै आफ्ना अघिल्ला कीर्तिमान तोड्दैछन् ।

बिलबोर्डदेखि स्पोटीफाइ प्लाटफर्मसम्म यी के–पप गायक एकल गीत र अन्तर्राष्ट्रिय सहकार्यसँगै ती प्लाटफर्ममा उदाउने क्रम जारी छ । हालै उनले १०० मिलियन स्ट्रिमिङ प्राप्त गर्ने १० गीत भएको पहिलो र एकमात्र के–पप स्टारको रुपमा इतिहास रचे ।

शुक्रबार मात्रै डीजे स्नेकसँगको सहकार्यमा उनले तयार पारेको गीत ‘प्लीज डोन्ट चेन्ज’लाई स्पोटीफाइमा १०० मिलियन पटक सुनिएको छ । यो उपलब्धिसँगै बीटीएस सदस्यले आफ्ना १० गीतमा १०० मिलियन स्ट्रिमिङ पाएका छन् । योसँगै उनी यो उपलब्धि हासिल गर्ने एक मात्र के–पप कलाकार बने ।

यसअघि सेभेन (फिचर्ड ल्याट्टो, एक्सप्लिट भर्सन), लेफ्ट एण्ड राइट स्ट्यान्डिङ नेक्स्ट टु यू, थ्रीडी (फिचर्ड ज्याक हर्लो), ड्रिमर्स (सन् २०२२ पिफा विश्वकपको गीत), स्टे अलाइभ (बीटीएसका सुगाले निर्माण गरेको), स्टिल विथ यू, एस अर नोले स्पोटीफाईमा रेकर्ड राखिसकेका छन् ।

सोही दिन जंगकूकले धेरै स्ट्रिम गरिएको के–पप एल्बमको ब्ल्याकपिंकको अघिल्लो कीर्तिमानलाई पनि तोडेका छन् । १४ जुलाई २०२४ मा बीटीएसका यी गायकले पहिलो एकल डेब्युको रुपमा ‘सेभेन’ लन्च गरेका थिए । यो एल्बमले पहिलो स्टुडियो एल्बम ‘गोल्डेन’को रुपमा प्रि-रिलिजको पनि काम गर्‍यो ।

जंगकूक बीटीएस ब्याण्डका सबैभन्दा कान्छा सदस्य र मुख्य गायक हुन् । सन् २०१६ मा समूहमा जोडिएका उनले आफ्नो मनमोहक दृश्य र स्वरले प्रशंसकको मन जितेका छन् ।

अहिले उनी विश्वभरका शीर्ष कोरियाली सेलिब्रेटीमध्ये एक हुन् । डिसेम्बर २०२३ मा आफ्नो ब्यान्ड सदस्य जिमिनसँगै उनले अनिवार्य सैन्य सेवाको लागि सैनिक जवान ज्वाइन गरे । यो जोडी सन् २०२५ मा सैन्य सेवाबाट अवकाश हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?