+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

हलिउड र बलिउडका निर्मातालाई नेपालमा फिल्म छायांकनको लागि आकर्षित गर्न नीति लिइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १६:३७

काठमाडौं । सरकारले हलिउड तथा बलिउड फिल्मका निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड चलचित्र छायांकनका लागि निर्मातालाई आकर्षित गरिने बताएका हुन् ।

अघिल्लो सरकारले ल्याएको बजेटमा पनि यो कुरा उल्लेख थियो । चलचित्र विकास बोर्डले पनि यो कार्यक्रमको कार्यान्वयनको लागि नेपालको लोकेसन विदेशमा चिनाउने र फेस्टिभल आयोजना गर्दै आइरहेको थियो ।

तर, नेपालमा विदेशी फिल्म छायांकनको ब्यस्थापन गर्ने मेकर चाहिँ यदि नेपाललाई छायांकन गन्तव्य थलोको रुपमा विकास गर्ने हो भने अनुदान र सहुलियत ल्याउनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?