 
																			११ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
‘गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय भएको छ,’ शाहीले भने, ‘सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको छ ।’
विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरू सहभागी थिए ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइए पनि डेढ घण्टा ढिला सुरु भएको थियो । तर विपक्षी दलको अवराेधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको कार्यदलको बैठकले हालसम्म सहमति जुटाएको छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4