 
																			१४ जेठ, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका चार अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजितक एक कार्यक्रममा चार अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरियो ।
४ जेठमा एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी डीआईजी बढुवामा सिफारिस भएका थिए ।
उनीहरुलाई सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र मानव स्रोत विभागका एआईजी भीम ढकालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
बढुवा भएकाहरुलाई बधाई तथा शुभकामना दिँदै महानिरीक्षक कुँवले कुशलतापूर्वक तोकिएको जिम्मेवारी कुशलतापूर्वक ढंगले पूरा गर्न निर्देशन समेत दिएका थिए ।
उनीहरुको पदस्थापन भने हुन बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4