 
																			१५ जेठ, विराटनगर । नेपाली कांग्रेस प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी सरकारले नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।
मंगलबार बसेको दलको बैठकपछि बोल्दै कार्कीले प्रदेश सभामा कांगेसको उपस्थिति भएर विरोध भए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताएका हुन् ।
एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बैठक बहिष्कार गर्नु उचित नभएको बताए ।
उनले भने, ‘संसदीय प्रक्रियामा आएर अगाडि बढ्नुपर्छ । बैठक नै बहिष्कार गरेर हुँदैन । केन्द्रमा सहमति भइसक्यो । यहाँ अदालतको विषयलाई लिएर प्रदेश सभा बन्धक बनाउन मिल्दैन ।’
कोशी प्रदेश सभाको अर्को बैठक २१ जेठमा बोलाइएको छ । नेपाली कांग्रेस कोशीले हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने प्रदेश सभा बैठक बहिष्कार गर्दै आइरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4